• Mon. Oct 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

‘डा. केसीका जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्’

ByHT

Oct 7, 2020
Spread the love

काठमाडौं । नेपाली कांग्रेसले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि गम्भीर हुन प्रधानमन्त्रीलाई आग्रह गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरी केसी अनसनमा बसेको २४ दिन पुगिसक्दा पनि वार्ता समितिसम्म गठन नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘डा. के.सी.को स्वास्थ स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू । हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. केसीका जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस् ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *