तीन देशका प्रस्तावित राजदूतहरुको सुनुवाईका लागि उजुरी आह्वान

Spread the love

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले सरकारद्वारा बिभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु गरेको छ ।

समितिको बुधबार बसेको बैठकले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिाकाका लागि प्रस्तावित राजदूत डा. निर्मल कुमार विश्वकर्मा विरुद्ध उजुरी आह्वान गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । सरकारद्वारा प्रस्तावित राजदूतहरुको सुनुवाईका लागि १० दिने उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिले प्रस्तावित राजदुतहरुलाई १० दिनसम्म उजुरी आह्वानका लागि म्याद दिने संवैधानिक व्यवस्था छ । त्यसपछि सो उजुरीमाथि छानबिन गरी प्रस्तावित राजदुतहरुको सुनुवाई हुनेछ । समितिले राजदूतमा प्रस्तावितहरुको नाम अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलाली र कञ्चनपुरमा गरी थप ६९ जनामा कोरोना संक्रमण

२०७७ आश्विन २१, बुधबार ०८:२३
Spread the loveकाठमाडौं । कैलाली र कञ्चनपुरमा गरी थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दुई जिल्लाका गरी थप ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

समाचार छुट्याे की?