थप ३४३९ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४३९ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १२९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पाँच महिला र १० पुरुष गरी थप १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।

पीसीआर विधिबाट १४,२०९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४१६४ जना रहेका छन् । आइसोलेसनमा २५,००७ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार थप ११२६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६८,६६८ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २३३ र भेन्टिलेटरमा ३७ जनाको उपचार भइरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशभरका सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने चिकित्सक संघको निर्णय

२०७७ आश्विन २१, बुधबार १०:४७
Spread the loveकाठमाडौँ । नेपाल चिकित्सक संघले शुक्रबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरेको छ । प्राध्यापक डा. गोविन्द केसी को १९ औं आमरण अनशनको २४ औं दिन पुगिसक्दा समेत सरकारले वार्ताटोली पनि गठन नगरी बेवास्ता […]