थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण, २६७५ जना डिस्चार्ज

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३६४ जनामा कोेरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४३६४ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २०८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा आठ पुरुष र चार महिला गरी थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ । पीसीआर विधिबाट १८,४७३ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४४६० जना रहेका छन् । आइसोलेसनमा २६,६८४ जना सक्रिय संक्रमित रहेका छन् ।

बिहीबार थप २६७५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ७१,३४३ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २३५ र भेन्टिलेटरमा ४२ जनाको उपचार भइरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरीको पोशाक प्रयोग गरी टिकटक भिडियो बनाए कारबाही हुने

२०७७ आश्विन २२, बिहीबार १०:५९
Spread the loveकाठमाडौं । नेपाल प्रहरीले विभिन्न चलचित्र, टेलिचलचित्र, सांगीतिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको भन्दै आपत्ति जनाएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गरी प्रहरी पोसाकको प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचार प्रसार […]

समाचार छुट्याे की?