प्रहरीको पोशाक प्रयोग गरी टिकटक भिडियो बनाए कारबाही हुने

Spread the love

काठमाडौं । नेपाल प्रहरीले विभिन्न चलचित्र, टेलिचलचित्र, सांगीतिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको भन्दै आपत्ति जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गरी प्रहरी पोसाकको प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचार प्रसार ईकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति  लिन आग्रह गरेको हो । स्वीकृति नलिई यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कानुनी कारबाही हुने कार्यालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान

२०७७ आश्विन २२, बिहीबार १२:३५
Spread the loveकाठमाडौं । विश्व बैंकको पछिल्लो दक्षिण एशियास्तरीय आर्थिक प्रतिवेदनका अनुसार कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले आर्थिक गतिविधिमा नराम्रो असर परेको जनाएको छ । प्रतिवेदनमा विशेषगरी पर्यटन क्षेत्रमा पुगेको अवरोधका कारण सन् २०२० मा ०.२ प्रतिशत रहेको नेपालको आर्थिक वृद्धिदर सन् २०२१ मा मात्रै ०.६ प्रतिशत पुग्ने अनुमान गरिएको […]

समाचार छुट्याे की?