कोरोना संक्रमणबाट विश्वमा एकैदिन ६ हजार ४२४ जनाको मृत्यु

Spread the love

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ६७ लाख ४४ हजार ३४९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजार ६३० जना संक्रमित थपिएका छन् भने ६ हजार ४२४ को मृत्यु भएको वल्डोमिटरमा उल्लेख छ ।

योसँगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख ६६ हजार ८१९ पुगेको छ । हालसम्म २ करोड ७६ लाख ६३ हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमितमध्ये ८० लाख १३ हजार बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६७ हजार ९ सय बढीको अवस्था गम्भीर रहेको छ । कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७८ लाख ३३ हजार ७ सय ६३ पुगेको छ ।

कोरोनाका कारण २ लाख १७ हजार ७३८ जनाको मृत्यु भएको छ भने ५० लाख २५ हजार भन्दाबढी मानिस निको भएका छन् । यस्तै, भारतमा संक्रमितको संख्या ६९ लाख ३ हजार ८१२ पुगेको छ ।

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६ हजार ५२१ पुगेको छ भने ५९ लाख ३ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा ५० लाख २९ हजार ५ सय ३९ मानिस संक्रमित भएका छन् भने १ लाख ४९ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये ४४ लाख १४ हजार ५ सय भन्दाबढी निको भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

२०७७ आश्विन २३, शुक्रबार ०३:१६
Spread the loveझापा । कोरोना भाइरस सङ्क्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो । गत असोज १८ गते अस्पताल भर्नासँगै सङ्क्रमण देखिएका उनको उपचारका क्रममा मृत्युभएको प्रतिष्ठानका सहप्रवक्ता डा […]