थप २०५९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०५९ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक महिला र ९ पुरुष गरी थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

पीसीआर विधिबाट थप १३,२७९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४७०३ जना रहेका छन् । आइसोलेसनमा २७,०५३ जना सक्रिय संक्रमित रहेका छन् ।

शुक्रबार थप १६८० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ७३,०२३ पुगेको मन्त्रालयले जनाएको छ । आइसियू ३१८ र भेन्टिलेटर ७७ जनाको उपचार भइरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनस्वास्थ्यका मापदण्ड पालना गराउन गृह मन्त्रालयले विशेष अभियान संचालन गरोस्

२०७७ आश्विन २३, शुक्रबार १०:५२
Spread the loveडा. रवीन्द्र पाण्डे । आज संक्रमितको संख्या १ लाख नाघेको छ | काठमाडौं उपत्यका लगायतका ठाउँमा आइसीयु बेड मात्र होइन संक्रमितको लागि आइसोलेसन बेडको समेत अभाव भएको छ | सहरमा भीडभाड ब्यापक छ, तरकारी पसल र फुटपाथको भीड निकै अत्यासलाग्दो छ | उपत्यकामा संक्रमण समुदायमा फैलिसकेको छ | […]