नयाँ हवाई रुट संचालनका विषयमा नेपाल भारतबीच छलफल

Spread the love

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई देशवीचको हवाई, पर्यटन तथा संस्कृतिकाबारेमा कुराकानी भएको थियो । हवाई क्षेत्रका सम्बन्धमा उनीहरुबीच भैरहवा नाकाबाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्याउनेबारे कुरा भएको मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ का कारण बन्द रहेको काठमाडौँ र भारतका विभिन्न शहरबीचको उडान चाँडै गर्नेबारेमा पनि उनीहरुबीच कुराकानी भएको थियो । त्यस्तै, संस्कृतिका क्षेत्रमा पशुपति, लुम्बिनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे छलफल भएको थियो ।

भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यन्वयनमा ल्याउन दुवै देश सकरात्मक रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।

भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन, तथ नागरिक उड्डयनको क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकारात्मक रहेको जनाउँदै कोभिड–१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न भारत सरकारले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यसवर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई प्रदान गरिने

२०७७ आश्विन २३, शुक्रबार ०८:३६
Spread the loveसन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरिएको छ । भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई उक्त पुरस्कार दिने निर्णय लिइएको नोबेल कमिटीले जनाएको छ । उक्त पुरस्कारको रकम १० लाख अमेरिकी डलर छ । नर्वेजियन नोबेल कमिटीका अनुसार विश्व […]