यसवर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई प्रदान गरिने

Spread the love

सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरिएको छ । भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई उक्त पुरस्कार दिने निर्णय लिइएको नोबेल कमिटीले जनाएको छ । उक्त पुरस्कारको रकम १० लाख अमेरिकी डलर छ ।

नर्वेजियन नोबेल कमिटीका अनुसार विश्व खाद्य कार्यक्रमले भोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रूपमा प्रयोग गर्न रोक्ने प्रयास गरेकाले उक्त सम्मान दिइएको हो । ओस्लोमा १०१ औँ नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिएको हो । यसअघि चिकित्साशास्त्र, भौतिक शास्त्र, रसायनशास्त्र र साहित्यका विजेताको नाम घोषणा भइसकेको छ । गत वर्ष इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीले नोबेल शान्ति पुरस्कार पाएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन LIVE

२०७७ आश्विन २३, शुक्रबार १०:१९
Spread the love