आइतबार देशभरका अस्पतालका आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने चिकित्सक संघको घोषणा

Spread the love

काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको अनशन २७ दिन पुग्दासम्म पनि सरकारले केवल औपचारिकताका लागि मात्र वार्ता गरेको भन्दै आन्दोलन घोषणा गरेको छ ।

संघले वार्तामा सरकार गम्भीर नभएकाले आइतबार देशैभरका अस्पतालमा आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिष्कार गर्ने घोषणा गरेको छ । संघले आतबारसम्म पनि सत्याग्रह अन्त्य नभएको अवस्थमा यसभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले यसअघि शुक्रबार सेवा बहिष्कार गर्ने घोषणा गरेको थियो ।

तर, सरकारले वार्ता टोली गठन गरेर वार्ता सुरु भएपछि आन्दोलनको कार्यक्रम स्थगित गरेको थियो । शनिबारदेखि वार्ता स्थगित गरेर सरकारी वार्ता टोलीले केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण

२०७७ आश्विन २४, शनिबार १३:०३
Spread the loveकाठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ । शनिबार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको भट्टराईले सामाजिक संजालमार्फत जानकारी गराएका छन् । उनले शुक्रबार बेलुका हल्का ज्वरो आएपछि शनिबार कोरोना परीक्षण गराएकोमा पोजेटिभ रिपोर्ट आएको बताएका छन् । उनले आफूलाई हालसम्म पनि हल्का ज्वरोबाहेक अरु […]