एकैदिन पाँच हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ५००८ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार थप १२२९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ७४२५२ पुगेको छ । त्यसैगरी २ महिला र १२ पुरुष गरी थप १४ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।  पीसीआर विधिबाट थप १९३२० जनाको नमुना परीक्षण गरिएको छ ।

आइसोलेसनमा ३०,८१८ जना सक्रिय संक्रमित रहेका छन् । आइसियूमा ३२१ जना र भेन्टिलेटरमा ७७ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डा. केसीलाई अनसन तोड्न सरकारी वार्ता टोलीको आग्रह

२०७७ आश्विन २४, शनिबार १०:५१
Spread the loveकाठमाडौँ । सरकारी वार्ता टोलीले अनसनरत डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विज्ञप्तिमार्फत केसीलाई अनसन तोड्न आग्रह गरेका हुन् । बिहीबार र शुक्रबार भएका वार्ता विना निष्कर्ष टुंगिएपछि शनिबार मैनालीले मुलुक कोरोनाले आक्रन्त रहेको भन्दै […]