चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु

Spread the love

चितवन । चितवनका् भरतपुर अस्पतालमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १ का ४७ वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

यही असोज २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनको सोही दिन कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा शनिबार साँझ कोभिड सघन उपचार कक्षमा मृत्यु भएको पौडेलले जानकारी दिए । योसँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको । जसमध्ये ५ जनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकार र डा. केसीबीच आठ बुँदे सहमति

२०७७ आश्विन २४, शनिबार १६:३८
Spread the loveकाठमाडौं । सरकार र डा. गोविन्द केसीबीच आठ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै केसीले आज अनसन तोड्नेछन् । सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट […]