स्वास्थ्य मन्त्रालयले जारी गर्यो चाडपर्व मनाउने मापदण्ड

Spread the love

काठमाडौं । स्वास्थ्य मन्त्रालयले चाडपर्वको समयमा सावधानी अपनाउन मापदण्ड जारी गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चाडपर्वमा सावधानी अपनाउन मापदण्डबारे जानकारी गराएका हुन् ।

दसैैं तथा अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले भनेको छ । मापदण्ड अनुसार टीका तथा प्रसाद वितरण गर्नै परे कार्यक्रममा परिवारको एक जना मात्रै सहभागी हुनुपर्ने, सकेसम्म आयोजकले घरमै प्रसाद वितरण गर्नुपर्ने छ । एउटै घरका व्यक्तिबाहेक अरूसँग भेट नगर्ने र गर्नै परे दुई मिटरको दूरी कायम गर्नु पर्ने मन्त्रालयले जनाएको छ ।

सकेसम्म घरको परिवार मात्रै बसेर चाडपर्व मनाउन आग्रह गरिएको छ । चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए मास्क अनिवार्य लगाउन मन्त्रालयले आग्रह गरेको छ । धार्मिक स्थल तथा मेला पर्वमा २५ जना मात्रै भेला हुन पाउने तथा अभिवादन गर्दा टाढैबाट नमस्कार गर्न, अँगालो मार्न वा शरीर छुन पाइने छैन । देवीदेवताका मूर्तिहरू नछुन आग्रह गर्दै मन्त्रालयले सार्वजनिक स्थलमा नथुक्न भनेको छ ।

पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ । कोरोनाको अति जोखिममा पर्ने व्यक्तिहरूले घरपरिवारका व्यक्तिबाहेक अन्य बाहिरका व्यक्ति भेला भएको ठाउँमा सहभागी नहुन भनेको स्वास्थ्य मन्त्रालयले ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्ष माथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्केरी महिला र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई कुनै पनि कार्यक्रममा सहभागी नहुन वा सहभागी भए कार्यक्रम आयोजकले पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्नेमा जोड दिएको छ ।

भर्खरै सर्जरी गरेका, अङ्ग प्रत्यारोपण गरेका तथा दीर्घरोगीहरु तथा पछिल्लो १५ दिनमा कुनै पनि रोगबाट निको भएका व्यक्तिहरूलाई भिडभाडमा नजानसमेत भनेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतबार देशभरका अस्पतालका आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने चिकित्सक संघको घोषणा

२०७७ आश्विन २४, शनिबार १२:४४
Spread the loveकाठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको अनशन २७ दिन पुग्दासम्म पनि सरकारले केवल औपचारिकताका लागि मात्र वार्ता गरेको भन्दै आन्दोलन घोषणा गरेको छ । संघले वार्तामा सरकार गम्भीर नभएकाले आइतबार देशैभरका अस्पतालमा आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिष्कार गर्ने घोषणा गरेको छ । संघले आतबारसम्म पनि […]