• Mon. Oct 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

हाम्रोमा कांङ्गसी जस्तो एउटा नेताको आवश्यकता छ

ByHT

Oct 10, 2020
Spread the love

डा. युवराज संग्रौला ।
चीनको इतिहासमा चिङ्ग वंशको राज्य व्यवस्था थियो । कांङ्ग्सी सम्राटको ४७ बर्षमा एल्लो नदीमा बाढी आयो र लाखौं मानिसलाई घरबार बिहीन बनायो । यी सम्राट जनताको ख्याल राख्ने राम्रो मानिस थिए । उनी भन्थे, “जनताको सम्मान त उनीहरुको भलो नै राज्य, शासन र राजनीतिको आधारशिला हो।“ तर जब बाढीपीडित जनतालाई उद्धार गर्न उनले आदेश दिए, अर्थमन्त्री रहेका उनका छोराले जानकारी दिए राज्यको कोषमा एक कौडी पनि छैन । उनले खातापाता हेरे, त्यसबेलाको जमानाको १२ करोड भन्दा बढी राजश्व राजकुमार, सामन्त, सैनिक जनरल, शिक्षक, कर्मचारीले ऋृण लगेर नतिरेका रहेछन् । सम्राटले अफ्नो एकजना भलो छोरालाई यो रकम उठाउन आदेश दिए । त्यसपछि के के भयो ?

१. सबै व्यापारी, भारदार, मन्त्री, सैनिक जनरल, कर्मचारी र प्राध्यापकले भोजको आयोजना गरे र प्रभावित पार्न खोजे । तर त्यो राजकुमारले उनीहरुको भोज खाएन । हाम्रोमा मन्त्रीहरु कति खुसी हुन्थे होला यस्तो भोज खान पाउँदा ?

२. यो राजकुमार एकजना असल कन्फुशियन शिक्षकको गयो । कसरी उठाउने होला यो धन ? उसले सोध्यो ? ती शिक्षकले चारथरीका मानिसले यो धन खाएको बताए र राज्य कसरी खोक्रो पारे भन्ने बताए। (क) पहिला थरी हुन राज्यका थोरै तलबमा काम गर्ने गरिब कर्मचारी जसले आफू बाँच्न, बाबुआमा पाल्न, छोराछोरी पाल्न राज्यको कोषबाट पैसा लिएर तिरेनन् । ती कमजोर मानिसले के तिर्नु ? तर पनि तिनले घर बेचेर पनि तिर्छन् । हाम्रो देशमा भ्रस्टाचारको मुद्दा चलाएका सबै यस्ता सानातिना कर्मचारीले सजाय पाएका छन्, ठूलाजतीले सफाइ पाएका छन् । यस्ता ठूलाबाट न्यायाधीश र वकिल दुबैले राम्रो कमाइ गर्छन् ।(२) दोस्रो थरीका मानिस लुकेका बिरोधी हुन्, जो राज्य तहस नहस पार्न काम गरिरहेका मानिस हुन्छन् ।

यिनले राज्यको जे पनि समाप्त पार्छन् । हाम्रोमा हिजो मोजमस्ती गरेका थुप्रै छन्, जो अहिलेको परिवर्तन बिरोधी हुन् तर बोल्न सक्तैनन् । यिनीहरु राज्यको सम्पत्तिमा भ्रष्टाचार गर्छन्

(३) तेस्रो थरि हुन्, लोभी भारदार, ब्यापारी, राजकुमार, आदि। यी सबैभन्दा घिनलाग्दा अपराधी हुन। यिनिहरु सत्ताको वरिपरि बसेर चाकरी गर्छन् र राज्य बर्बाद गर्छन् । हाम्रोमा अहिले कथित बुद्धिजिबि, ब्यापारी र छोटेबढे नेता छ्न। जो पद र नितिमा भ्रस्टाचार गर्छन् । यिनीहरुले नेता समातेका हुन्छन् । भ्रम पार्छन र राज्य लुट्छन् । नियुक्ति, ठेक्का र लगानीका नाममा राज्य लुट्छन् । (घ) चौथो खालका सत्तामा बसेर सुबिधा लिन्छन् । हाम्रोमा महंगा गाडी किन्छन्, बिरामीका नाममा पैसा लिन्छन्, र योजनाका नाममा पैसा लान्छन् ।

३. कांङ्ग्सीको आदेशले तहल्का मच्चियो । पैसा उठाउन थालियो । राजाका छोराले भने त्यो हाम्रै बाबुको सम्पत्ति हो, हामीले किन खान नपाउने । मास्टरले भने हामीले मानिस पढाएर राज्य चलेको छ, हामी खाँदा के को रिस ? यस्तै यस्तै

५. तियन वेन्चिङ्ग भन्ने एउटा देशभक्त न्यायाधीशलाई कार्बाही गर्ने अधिकारी नियुक्त गरियो । उसले सबैभन्दा पहिला चाँदीको एक टेल पैसा नतिर्ने मास्टरलाई पक्राउ गरि ल्यायो।“ यति थोरै पैसा नतिरेकोमा मलाई पक्राउ गर्ने, तँलाइ थाहा छैन म शिक्षकको प्रमुख हुँ ?“ त्यो न्यायाधीशको जवाफ थियो, “असल मानिसले न्यायको कुरा गर्छ, मुर्खले हैसियतको कुरा गर्छ।“ धेरै खानेले त फाइदाका लागि खायो, तैंले त राज्य अलिकति म पनि खान्छु भनेर खाइस, तँ झन् ठूलो अपराधी होस् ।

अपराध अपराध नै हो भनेर अपराध गर्ने भन्दा राज्य कोष मास्ने तर त्यसलाई अपराध नमान्ने अपराधी झन ठूलो अपराधी हो।“ हाम्रोमा पनि नेताहरूले राज्यको सेवाका लागि राजनीति होइन, राज्यबाट सेवा र लाभ पाउन राजनीति गर्ने संस्कार बन्यो । मास्टर कर्मचारी सबै उस्तै हो । असले मूल्य र मान्यता र बिचारधारा खोज्छ, मुर्खले आनन्द र पद खोज्छ । असलले समस्याको समाधान खोज्छ, मुर्खले आलोचना गरेर चर्को कुरा गरेर अरुलाइ मूर्ख बनाउँछ ।

हाम्रोमा यो कांङ्गसी जस्तो एउटा नेताको आवश्यकता छ । तियान बेन्चिङ्ग जस्तो एउटा न्यायाधीशको आवश्यक छ । त जनता नै राष्ट्रका मालिक हुन् भन्ने एउटा बिचारधाराको आवश्यकता छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *