अर्थशास्त्रीद्वय पल र विल्सनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइने

Spread the love

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई जना अर्थशास्त्रीलाई दिइने भएको छ । यस वर्षको अर्थशास्त्रतर्फको पुरस्कार अर्थशास्त्रीद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्त रुपमा दिने घोषणा नोबेल कमिटीले गरेको हो ।

उनीहरुलाई ‘लिलामीको सिद्धान्तमा सुधार र लिलामीको नयाँ विधिको विकास’ गरेको भन्दै यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको एकेडेमीले जनाएको छ । परम्परागत ढाँचामा लिलामीमा बस्तु तथा सेवाको बिक्री भइरहेको अवस्थामा मिलग्रोम र विल्सनको नयाँ सिद्धान्तले विश्वभरका बिक्रेता, क्रेता र करदातालाई सहज हुने एकेडेमीले बताएको छ ।

दुवै जना अमेरिकास्थित स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन् । विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन् । सामान्यतया लिलामीमा मानिसहरुले बढी मोल कबोल गर्नेलाई सामान बिक्री गर्छन् भने कम मोल तोक्नेबाट सामान किन्ने गर्छन् ।

रोबर्ट विल्सनले एउटा साझा मूल्यका आधारमा बस्तुको लिलामीका लागि नयाँ सिद्धान्तको विकास गरेको एकेडेमीले उल्लेख गरेको छ । जहाँ बस्तुको मूल्य पहिले अनिश्चित हुन्छ तर अन्त्यमा सबैका लागि समान हुन्छ ।

उनले रेडियो फ्रिक्वेन्सीको भविष्यको मूल्य वा कुनै विशेष क्षेत्रमा खनिजको मात्राको उदाहरण दिएका छन् । त्यस्तै पल मिलग्रोमले लिलामीबारे अझ सामान्य सिद्धान्तको विकास गरेको एकेडेमीले बताएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारको निर्णय

२०७७ आश्विन २६, सोमबार ११:२३
Spread the loveकाठमाडौं । सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उनीहरुको उपचारका लागि स्वास्थ्य मन्त्रालयलले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो । असोज २५ गते स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिटेन्ड कमाण्ड समितिको बैठकले यस्तो […]