रुपन्देहीको देवदहका ७९ वर्षीय बृद्धको कोरोना संक्रमणबाट मृत्यु

Spread the love

बुटवल । रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताए । योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्युहुनेको सङ्ख्या४० जना पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आर्मीनीया र अजरबैजानबीच फेरि लडाइँ सुरु

२०७७ आश्विन २६, सोमबार ०३:४६
Spread the loveआर्मीनीया र अजरबैजानबीच युद्धविरामको समय सुरु भएको केही घण्टामै ताजा लडाइँका विवरणहरू आएका छन् । विवादित नगोर्नो काराबाख क्षेत्रको राजधानी स्टेपनाकर्टमा शनिवार बेलुकी बम पड्किएको प्रत्यक्षदर्शी तथा आर्मीनीयाली सञ्चारमाध्यमले जनाएका छन् । यसअघि दुवै पक्षले एकअर्कामाथि बमबारीको आरोप लगाएका छन् । दुई साताको लडाइँपश्चात् दुवै देशले शुक्रवार मस्कोमा […]