बेलायतमा कोभिडविरुद्ध बीसीजी खोपको परीक्षण

Spread the love

बेलायतमा कोरोना संक्रमणबाट बचाउन संक्रमितलाई बीसीजी खोपको परीक्षण सुरु गरिएको छ । बेलायती वैज्ञानिकहरूले कोरोना संक्रमणबाट बीसीजी खोपले काम गर्न सक्छ कि भनेर परीक्षण सुरु गरेका हुन् । सन् १९२१ मा क्षयरोग नियन्त्रण गर्न तयार गरिएको खोप परीक्षण गर्न लागिएको हो कोरोनामा पनि यो उपयोगी हुने केही प्रमाण फेला पारेको उनीहरूले बताएका छन् ।

युनिभर्सिटी अफ एक्सेसरको उक्त ‘ट्रायल’ मा एक हजार जनाले भाग लिँदै छन् । यो खोपमा कुनै पनि संक्रमणविरुद्ध प्रतिरोधात्मक क्षमता उच्च बनाउने गुण रहेको बताइन्छ । त्यसै कारण कोरोनासँग लड्न पनि फलदायी हुने आकलन गरिएको बीबीसीले उल्लेख गरेको छ ।

बीसीजी खोपका कारण क्षयरोग रोकथाम मात्र नभई बेलायतमा नवजात शिशुलाई निमोनियाजस्ता रोगबाट समेत जोगाउन सघाएको अध्ययनले पुष्टि गरेको छ । दक्षिण अफ्रिकामा यसले नाक, घाँटी र फोक्सोमा हुने संक्रमण ७३ प्रतिशत घटाएको पाइएको छ ।

BCG: Can a vaccine from 1921 save lives from Covid-19?

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जोन्सन एन्ड जोन्सनको कोभिड भ्याक्सिनको तेस्रो चरणको परीक्षण रोकियो

२०७७ आश्विन २७, मंगलवार ०३:२३
Spread the loveऔषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोना भाइरसविरुद्धको खोपको परीक्षणस्थगित गरेको छ । एक जना सहभागी बिरामी भएपछि तत्कालका लागि परीक्षण रोकिएको कम्पनीले जानकारी दिएको छ । ‘एक जना सहभागी बिरामी भएपछि हामीले अस्थायी रुपमा कोभिड–१९ खोपको सबै क्लिनिकल ट्रायल रोकेका छौं, जसमा तेस्रो चरणको इन्सेम्बल परीक्षण पनि […]