विश्वमा कोरोना संक्रमणबाट १० लाख ८५ हजारको मृत्यु

Spread the love

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमितमध्ये २ करोड ८५ लाख ९७ हजार २ सय भन्दाबढी मानिस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४९ हजार ७८९ जना संक्रमण मुक्त भएका छन् ।

चीनको वुहानमा गत वर्षको डिसेम्बर अन्तिममा देखिएको भाईरसबाट हाल विश्वका ३ करोड ८० लाख ३५ हजार ४ सय भन्दाबढी संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् भने ५०७५ ३ हजार ७५६ जनाको मृत्यु भएको छ । यस्तै, कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १० लाख ८५ हजार ३ सय ३५ पुगेको वल्डोमिटरमा उल्लेख छ । संक्रमितमध्ये ८३ लाख ५२ हजार ९ सय भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६९ हजार बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ७९ लाख ४५ हजार ५ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ८० लाख ३७ हजार ७ सय भन्दाबढी निको भएका छन् भने २ लाख २० हजार बढीको ज्यान गएको छ ।

यसैगरी छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ७१ लाख ७३ हजार ५ सय ६५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६२ लाख २४ हजार ७९२ जना संक्रमणमुक्त भएका छन् भने १ लाख ९ हजार ८९४ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५१ लाख ३ हजार ४०८ पुगेको छ भने १ लाख ५० हजार ७०९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४४ लाख ९५ हजार भन्दा बढी निको भएका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेलायतमा कोभिडविरुद्ध बीसीजी खोपको परीक्षण

२०७७ आश्विन २७, मंगलवार ०२:४५
Spread the loveबेलायतमा कोरोना संक्रमणबाट बचाउन संक्रमितलाई बीसीजी खोपको परीक्षण सुरु गरिएको छ । बेलायती वैज्ञानिकहरूले कोरोना संक्रमणबाट बीसीजी खोपले काम गर्न सक्छ कि भनेर परीक्षण सुरु गरेका हुन् । सन् १९२१ मा क्षयरोग नियन्त्रण गर्न तयार गरिएको खोप परीक्षण गर्न लागिएको हो कोरोनामा पनि यो उपयोगी हुने केही प्रमाण […]