कोरला नाका सञ्चालनका लागि सरकारले चीनसँग छलफल अघि बढाउने

Spread the love

बेलेवा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपल्लो मुस्ताङमा पर्नेे कोरला नाकाको स्थलगत निरीक्षण गरेका छन् । सीमा स्तम्भ र त्यहाँको पूर्वाधारको अवस्था निरीक्षणका लागि बुधबार सीमा नाका पुगेका मन्त्रीद्वयले नाका सञ्चालनसम्बन्धी छलफललाई अघि बढाइने बताए ।

कोरला नाका सञ्चालनमा आउँदा नेपालको व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने गरी लाग्न आग्रह गर्दै मन्त्रीहरुले एकद्वार प्रणालीबाट नाका सञ्चालनका लागि तत्काल नेपाल सरकारले पहल थाल्ने बताए । परराष्ट्रमन्त्री ज्ञवालीले नाका सञ्चालनका लागि आवश्यक छलफल शुरु गरिने पनि जानकारी दिए । उद्योगमन्त्री भट्टले कोरला नाका व्यापारिक प्रयोजनका लागि निकै महत्वपूर्ण नाका रहेकाले यसको सञ्चालनले नेपाल चीन व्यापार सम्बन्धमा थप सुधार आउने बताए ।

काठमाडौँबाट मन्त्रीद्वय दुवै हेलिकोप्टरमार्फत नाकामा पुगेका थिए । मन्त्रीसँगै परराष्ट्र र उद्योग सचिव पनि कोरला पुगेका थिए । नेपाल–चीन जोड्ने गरी निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको प्रगतिका विषयमा पनि मन्त्रीहरुले चासो व्यक्त गरेका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलका अनुसार मन्त्रीद्वयले कोरला नाका निरीक्षण गर्नाका साथै चीन नेपाल द्विदेशीय व्यापारिक नाकालाई कसरी प्रवद्र्धन र विकास गर्न सकिन्छ भन्नेबारे स्थलगत अध्ययन एवम् निरीक्षणका लागि मुस्ताङ पुगेका थिए ।

नाका सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाउन मन्त्रीहरुसँग सांसद प्रेमप्रसाद तुलाचनले माग गरेका थिए । सांसद तुलाचनले सरकारले सिमानामा संरचना बनाउन ढिलाइ गरिरहेको पनि बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जातको प्रश्न हैन, समाजिक कुरितिको हो

२०७७ आश्विन २८, बुधबार १६:२५
Spread the loveभीम उपाध्याय । दलित पीडितको उद्दार गर्ने भनेर क्रान्तिहरू गर्ने जति सबै बाहुन क्षेत्री, नेपाली ईसाईका पाष्चरहरू सबै जसो जति बाहुन, तिनले भोट दिने पनि बाहुन क्षेत्री नेतालाई, भोट नपाउने भए बाहुनले आफ्ना वफादार दलित वा जनजाति उठाएर जिताईदिनुपर्ने, तिनलाई खडा गरेर बाहुन क्षेत्रीकै बफादार बनाईदिने । ६० […]