थप २६३८ जनामा कोरोना संक्रमण, २१७४ जना डिस्चार्ज

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट थप १३,९४७ जनाको नमुना परीक्षण गरिएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।

क्वारेन्टाइनमा ४,६६६ जना रहेका छन् । आइसोलेसनमा ३६,३६७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । बुधबार थप २१७४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८०,९५४ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतका स्थल सेनाध्यक्ष नरवणे कात्तिकमा नेपाल आउने

२०७७ आश्विन २८, बुधबार १०:५२
Spread the loveकाठमाडौं । भारतका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने भएका छन् । उनी आगामी कार्तिक महिनामा नेपाल भ्रमणमा आउन लागेका हुन् । मन्त्रिपरिषदले २०७६ माघ २० मा उनी आउने निर्णय गरेको थियो । तर कोभिडका कारण त्यसबेलाको भ्रमण स्थगित भएको थियो । राष्ट्रपति विद्या देवी भण्डारीले […]