अर्थतन्त्रलाई थप सबल बनाउनु सबैको साथ र सहयोग आवश्यकः अर्थमन्त्री

Spread the love

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावित भएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । आफ्नो पद बहालीपछि बिहीबार मन्त्रालय र मातहतका निकायका प्रमुखलाई निर्देशन दिँदै उनले अर्थतन्त्रलाई थप सबल बनाउनु्पर्ने भएकाले त्यसमा सबैको उत्तिकै साथ र सहयोग जरुरी रहेको बताएका हुन् ।

कोरानाका कारण अन्तर्राष्ट्रिय र राष्ट्रिय अर्थतन्त्र तथा आर्थिक क्रियाकलाप सुस्त भएकाले यस्तो अवस्थामा आर्थिक क्रियाकलपलाई माथि उठाउनुपर्नेमा जोड दिँदै अर्थमन्त्रीले अर्थतन्त्रलाई गतिशील बनाउँदै रोजगारी सिर्जना गरी आर्थिक वृद्धिमा समेत लाग्नुपर्ने बताए ।

सरकारको बजेट र मौद्रिक नीतिले लिएका लक्ष्य हासिल गर्न सबैको इमान्दार प्रयास जरुरी रहेकोमा जोड दिँदै उनले नागरिकको जीवनरक्षा गर्दै आर्थिक गतिविधिलाई बढावा दिनुपर्ने बताए । चालु आर्थिक वर्षको बजेटले समेत कोरोना कारण सिर्जित समस्या समाधानका लागि मार्गदर्शन गरेको र त्यसको व्यवहारिक कार्यान्वयनले आर्थिक क्षेत्र थप सबल बन्ने मन्त्री पौडेलको भनाइ छ ।

उनले कोरोना प्रभावित वर्ग तथा क्षेत्रलाई राहत तथा पुनः उत्थानका लागि सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयन नै आजको प्रमुख आवश्यकता रहेको बताए ।

अर्थमन्त्रीले भने, “चालू आर्थिक वर्षको बजेटले पनि धेरै विषय समेटेको छ । यस्तै राष्ट्र बैंकको मौद्रिक नीतिले पनि आर्थिक तथा वित्तीय क्षेत्रको सबलीकरणका लागि धेरै विषय समेटेको छ, त्यसको व्यावहारिक कार्यान्वयन गर्नु जरुरी छ ।”

उनले पूँजीगत खर्चका विषयमा सधैँ प्रश्न उठ्ने भएकाले विकास निर्माणको कामलाई प्रभावकारीरुपमा अगाडि बढाउन अवलम्बन गर्न गर्नुपर्ने स्पष्ट दृष्टिकोणका साथ काम गर्न पनि आग्रह गरे ।

अर्थमन्त्री पौडेलले आर्थिक अनुशासन कायम गर्दै अगाडि बढ्न निर्देशन दिँदै वित्तीय क्षेत्रमा सुशासन कायम गर्ने विषय पनि अर्को महत्वपूर्ण कार्यभार रहेको उल्लेख गरे । उनले आर्थिक अनुशासन कायम गर्दै समग्र वित्तीय सुशासनलाई विशेष ध्यान दिएर अन्तरनिकाय समन्वयलाई पनि प्रमुख प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

अर्थमन्त्री पौडेलले अन्तरनिकायबीचको सम्बन्धलाई समेत नयाँ ढंगले परिभाषित गरेरअगाडि बढ्नुपर्ने स्पष्ट गर्दै एर्काको निकायबीचको भूमिका परिपूरक भएको भएको र त्यसमा अर्थ मन्त्रालय सहयोगीका रुपमा रहनुपर्ने बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीको कार्यालय हेर्न मन्त्रीको व्यवस्थाको औचित्य !

२०७७ आश्विन २९, बिहीबार १६:०८
Spread the loveशारदाप्रसाद त्रिताल । १. हिजोको मन्त्रिमण्डल हेरफेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय  हेर्ने गरी मन्त्रिमण्डलका वरिष्ठतम सदस्य उपप्रधानमन्त्री इश्वर पोख्रेललाई तोकेको सम्बन्धमा विभिन्न धारणाहरु व्यक्त भइरहेको देखिन्छ । २ . मेरो विचारमा वर्तमान प्रधानमन्त्रीले गर्नु भएको एउटा राम्रो काम हो यो । यो काम उहाँले शुरुमा नै गर्नुपर्ने थियो […]

समाचार छुट्याे की?