थप ४३९२ जना कोरोना संक्रमण, ३५२२ जना डिस्चार्ज

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४३९२ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।

पीसीआर विधिबाट १६,५३१ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा४८०८ जना रहेका छन् । आइसोलेसनमा ३७,३८२ जना सक्रिय संक्रमित रहेका छन् ।

शुक्रबार थप ३५२२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ८८,०४० पुगेको मन्त्रालयले जनाएको छ । आइसियू ३१५ र भेन्टिलेटर ७७ जनाको उपचार भइरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फेसबुकमा बलात्कारी संगठन नामक पेज चलाउने व्यक्ति पक्राउ

२०७७ आश्विन ३०, शुक्रबार १०:५०
Spread the loveकाठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी समूह बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक पेज र समूह बनाउने नवीन बस्नेतलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्ने बस्नेत प्यूठानको झिम्रुक गाउँपालिका–७ का स्थायी बासिन्दा हुन् । उनी […]

समाचार छुट्याे की?