वीरगंजबाट साढे २२ किलो सुन बरामद

Spread the love

वीरगंज । वीरगंजको रेशम कोठीबाट साढे २२ किलो सुन र २ किलोभन्दा बढी चाँदी बरामद भएको छ । विशेष सुराकीको आधारमा प्रहरीले शनिबार वीरगंज महानगरपालिका–५ रेशमकोठीस्थित श्री गणेश अर्पाटमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट २३ किलो दुई सय ७५ ग्राम सुन र दुई केजी २ सय ६२ ग्राम चाँदीका गर गहना बरामद गरेको प्रहरीले जनाएको छ ।

अपार्टमेन्टका सुरक्षागार्डका अनुसार उक्त नम्बरको फ्ल्याट भारतीय नागरिक अशोक सिन्हाको हो । सुन बरामद भएपनि कोही पक्राउ परेका छैनन् । प्रहरीले २ घण्टा बढी समय लगाएर अपरेसन गरेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यिनको छविसँगै ध्वस्त भएको प्रजातन्त्रको छवि र निकास

२०७७ कार्तिक १, शनिबार ११:०४
Spread the loveकेशवप्रसाद भट्टराई । १. लोकतान्त्रिक गणतन्त्र भन्दा राजाको प्रतक्ष र सक्रिय नेतृत्व अन्तर्गतको पंचायत व्यवस्था उन्नत र श्रेष्ठ व्यवस्था हुँदै होइन, तर यिनीहरूले हो जस्तै बनाइदिए । मुलुकको राष्ट्रिय एकता र अखण्डताको रक्षा, स्थीरता, विकास र समृद्धिकोलागि राजा सहितको निर्वाचित र जनताप्रति उत्तरदायी सरकारको औचित्य हिजो पनि थियो […]