Spread the love
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २९४२ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० जनामा संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट १४,८७५ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।
क्वारेन्टाइनमा ४८३१ जना रहेका छन् । आइसोलेसनमा ३९,३४१ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार थप २३२६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९२,१६६ पुगेको छ । आइसियूमा ३०१ र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ ।