थप ३७९० जनामा कोरोना संक्रमण, २,३३५ जना निको भई डिस्चार्ज

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३७९० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २००८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ । पीसीआर विधिबाट थप १५,७१४ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४,४७० जना रहेका छन् ।

आइसोलेसनमा ४०,७७८ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार थप २,३३५ जना निको भई डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९४,५०१ पुगेको मन्त्रालयले जनाएको छ । आइसियू २८२ र भेन्टिलेटरमा ६३ जनाको उपचार भइरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री र मन्त्रीहरुले दशैं खर्चबापतको रकम कोरोना कोषमा जम्मा गर्ने

२०७७ कार्तिक ३, सोमबार १०:४८
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको […]