थप ३०९३ जनामा कोरोना संक्रमण, २,१०८ जना निको भई डिस्चार्ज

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३०९३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा १४३१, भक्तपुरमा १४८ र ललितपुरमा १२३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।

पीसीआर विधिबाट १३,८६१ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४२२० जना रहेका छन् । आइसोलेसनमा ४१,७७५ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार थप २,१०८ जना निको भई डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९६,६०९ पुगेको छ । आइसियू २७३ र भेन्टिलेटरमा ७८ जनाको उपचार भइरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिब्बत, ताइवान, हङकङ एवम् सिन्जियाङसम्बन्धी मामिलामा चीनप्रति नेपालको पूर्ण साथ र समर्थन: राष्ट्रपति भण्डारी

२०७७ कार्तिक ४, मंगलवार ११:०३
Spread the loveकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माणलगायतमा हुने सहकार्यले नेपाल र चीनका जनतालाई अझ नजिक ल्याउने र नेपालको सामाजिक–आर्थिक विकासमा रूपान्तरणकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छन् । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको […]