बुटवलमा कोरोना संक्रमित एक महिलाको मृत्यु

Spread the love

बुटवल । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको मंगलबार बिहान सवा ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । ती महिला मधुमेहको दीर्घरोगी थिइन् । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवन, धरान र रुपन्देहीमा गरी थप चार जना कोरोना संक्रमितको मृत्यु

२०७७ कार्तिक ४, मंगलवार ०४:२७
Spread the loveकाठमाडौं । चितवन, धरान र रुपन्देहीमा गरी थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेका कलेजले जनाएको छ । निमोनियासम्बन्धी उपचारका लागि असोज २९ […]