साझा र विवेकशील पार्टीको एकतासम्बन्धी प्रतिवेदन दुबै दलको केन्द्रीय समितिमा पेश

Spread the love

काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकतासम्बन्धी संयुक्त प्रतिवेदन दुबै दलको केन्द्रीय समितिमा पेश भएको छ ।

विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा असोज २९ गते साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएको थियो ।

उक्त प्रतिवेदनमाथि दुबै दलको संघीय केन्द्रीय समितिमा छलफल हुने मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । विगतमा भएका आफ्ना कमजोरीलाई स्विकार्दै तथा जनभावनाको कदर गर्दै २०७७ असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता शुरू गरेका थिए ।

उक्त प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीयरसङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आआफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउनेछ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण

२०७७ कार्तिक ४, मंगलवार ०९:०३
Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, बागलुङ, गोरखा, तनहुँ, पर्वत र स्याङ्जामा गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

समाचार छुट्याे की?