थप ५७४३ जनामा कोरोना संक्रमण, २,९९६ जना डिस्चार्ज

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा २३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट थप २०,११८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४०६५ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।

आइसोलेसनमा ४४,४७६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । बुधबार निको भई थप २,९९६ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ९९,६०५ पुगेको छ । आइसियूमा २६९ र भेन्टिलेटरमा ८७ जनाको उपचार भइरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कक्षा १२ को परीक्षा मसिर ९ गतेदेखि हुने

२०७७ कार्तिक ५, बुधबार १०:५२
Spread the loveकाठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको […]