थप २ हजार ५०८ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

Spread the love

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार ५०८ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९३७ पुगेको छ । त्यसैगरी २४ घण्टामा २ हजार २६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको १ लाख ३१ हजार २२२ संख्या पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ५८४ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ४३ हजार ३४३ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार २७९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ४१० जना रहेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाका कारण ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ स्थगित

२०७७ कार्तिक १५, शनिबार १०:५१
Spread the loveकाठमाडौं । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ । तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगन गरिएको काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष रमेश […]