विश्वमा कोरोना सङ्क्रमितमध्ये ३ करोड ३२ लाखभन्दा बढी संक्रमणमुक्त

Spread the love

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ३२ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । कोरोना भाईरस संक्रमितमध्ये विश्वभर एकैदिन २ लाख ५१ हजारभन्दा बढी संक्रमणमुक्त भएसंगै हालसम्म ३ करोड ३२ लाख ४८ हजार ८ सय २१ जना संक्रमणमुक्त भएका हुन् । यो कुल संक्रमितको ७२.२४ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ७३ हजार भन्दाबढी संक्रमण भएको छ भने ७ हजार ४८५ जनाको मृत्यु भएको छ ।
यससंगै, कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख ९३ हजार ७४४ पुगेको छ भने कोरोना संक्रमितको कुल संख्या ४ करोड ५८ लाख ९८ हजार ५९० पुगेको छ ।

संक्रमितमध्ये १ करोड १४ लाख ५६ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ८३ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ९३ लाख १६ हजार २ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई दाख ३५ हजार बढीको मृत्यु भएको छ भने ६० लाख २४ हजार ५ सय भन्दा बढी निको भएका छन् ।

त्यसैगरी छिमेकी मुलुक भारतमा हालसम्म ८१ लाख ३६ हजार १ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २१ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ७४ लाख ३० हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५५ लाख १९ हजार नाघेको छ भने १ लाख ५९ हजार ५६२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४९ लाख ६६ हजार भन्दा बढी निको भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गोयल भ्रमण : वर्तमान चुनौती र भविष्यकालागि प्रश्न

२०७७ कार्तिक १५, शनिबार ०२:४७
Spread the loveकेशवप्रसाद भट्टराई । १. इण्डो- सोभियत रणनीति अन्तर्गत २०३१ -२०३२ शाल तिरै नेपालको तराईलाई अलग पार्ने रणनीति बनेको थियो I २०३५ / ३६ शालमै राजा वीरेन्द्रको हत्याको सम्भावना र त्यसले ल्याउने सत्ता सङ्घर्षबारे सिआइएले आफ्नो हेड क्वार्टरमा रिपोर्ट पठाउने गरेको प्रमाण स्वयम् सिआइएले सार्वजनिक गरेको छ I २. […]