कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम नमाग्न स्वास्थ्य मन्त्रालयको निर्देशन

Spread the love

काठमाडौं । सरकारले सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम नलिन निर्देशन दिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम नलिन निर्देशन दिएका हुन् ।

सरकारी निर्देशन अनुसार भन्दै विभिन्न सरकरी अस्पतालले सूचना निकालेर धरौटी रकम माग गरेपछि सरकारले यस्तो निर्देशन दिएको हो । पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले धरौटीका लागि सूचना प्रकाशन गर्ने अस्पतालहरुलाई स्पष्टिकरण समेत सोधिएको जानकारी दिए । उनले सरकारले आफैं उपचार गराउन सक्नेसँग शुल्क लिन र नसक्नेको निःशुल्क उपचार गर्न निर्देशन दिएको पनि बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हामी ताली बजाउने मेसिन मात्रै हौँ !

२०७७ कार्तिक १६, आईतवार ११:२२
Spread the loveनारायण गाउँले । -देउबासँग एक भएर छोरीलाई मेयर बनाएको एक महिना नबित्दै आफैले लिङ्ग नछुट्टिएको भनेको ओलीसँग एकता गर्ने प्रचण्डले सिद्धान्त र वैचारिकताको चर्को भाषण गर्छन् र हामी ताली बजाउँछौं ! -नक्कली सुकुम्बासी बनेर सरकारी जग्गा हड़प्नेलाई अर्थमन्त्रालय नै सुम्पिनेदेखि महामारीको नाममा यति र ओम्नीलाई मालामाल गराएर, जनतालाई […]