थप २८२४ जनामा कोरोना संक्रमण, ३६२० जना डिस्चार्ज

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २८२४ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ जना रहेको छ । त्यस्तै पीसीआर विधिबाट १३०२३ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा निको भई थप ३६२० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १,३४,८४२ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा २८३ र भेन्टिलेटरमा ७८ जनाको उपचार भइरहेको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम नमाग्न स्वास्थ्य मन्त्रालयको निर्देशन

२०७७ कार्तिक १६, आईतवार १०:५४
Spread the loveकाठमाडौं । सरकारले सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम नलिन निर्देशन दिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम नलिन निर्देशन दिएका हुन् । सरकारी निर्देशन अनुसार भन्दै विभिन्न सरकरी अस्पतालले सूचना निकालेर धरौटी रकम […]