प्रचण्डसँग कर्णाली प्रदेश सरकारको विषयमा छलफल भएको हो, पार्टी फुट्दैनः प्रधानमन्त्री

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यममा आएजस्तो नेकपा फुट्ने संकेत नभएको बताएका छन् । ललितपुरको गोदावरीमा अन्तर्राष्ट्रिय सभाहलको निरीक्षण गर्न आइतबार पुगेका प्रधानमन्त्री ओलीले पार्टी फुट्ने संकेत नभएको बताएका हुन् ।

उनले पार्टीको विषयमा छलफल भएपनि उक्त छलफल कर्णाली प्रदेश सरकारको विषयमा केन्द्रित भएको जिकिर गरे । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको विषयमा भइरहेका छलफलको विषयमा आफूले सोधेको भन्दै प्रधानमन्त्री ओलीले पार्टीलाई ठिक ढंगले अगाडी बढाउनुपर्छ भन्ने विषयमा केन्द्रित भएर छलफल भएको बताए ।

प्रधानमन्त्री ओली आइतबार ललितपुरको गोदावरीमा निर्माण भईरहेको अन्तर्राष्ट्रिय सभाहलको निरीक्षण गर्न पुगेका थिए । झण्डै तीन हजार सिट क्षमताको सभाहल हाल निर्माणधीन अबस्थामा रहेको छ । लामो समयदेखि बालुवाटारबाट बाहिर ननिस्किएका प्रधानमन्त्री ओली पार्टी अन्तरकलह चर्किएको र महासचिव बिष्णु पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा आईपुगेको सन्देश प्रवाह गरेकै दिन बालुवाटारबाट बाहिर निस्किएका हुन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

२०७७ कार्तिक १६, आईतवार १७:०४
Spread the loveकाठमाडौं । चितवन र धादिङमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० का ७९ वर्षीय पुरुषमा कात्तिक १३ गते कोरोना पुष्टि भएकोमा भरतपुर अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै, धादिङ्गको निलकण्ठ नगरपालिका ३ का […]

समाचार छुट्याे की?