फ्रान्समा पादरीमाथि गोली प्रहार

Spread the love

फ्रान्सको लियोंमा शनिबार एक जना पादरीमाथि गोली प्रहार भएको छ । अर्थोडक्स गिर्जाघरमा भएको हमलामा आक्रमणणकारीले त्यहाँका पादरीलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् ।

ग्रिक मूलका ती पादरीलाई दुई पटक गोली हानिएको थियो । चर्चको ढोका बन्द गरेर हिँड्न लागेका बेला आक्रमणणकारीले पादरीमाथि गोली प्रहार गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते भएका उनको उपचार भइरहेको छ ।

प्रहरीले चर्च वरिपरिको क्षेत्रलाई सिल गरेको छ । त्यसलाई आतंककारी हमला भनिए पनि चर्चमा हमला गर्नुको कारण भने खुलाइएको छैन । निस सहरमा तीन जनाको हत्या गरिएको चौथो दिन फेरि लियों सहरमा शनिबार हमला भएको हो ।

सन् २०१५ मा चार्ली हेब्दो ब्यंग्य पत्रिकामा हमला गरी आतंककारीहरुले एक दर्जनको हत्या गर्नुको साथै अन्य ११ जनालाई घाइते पारेको घटनादेखि नै फ्रान्स आतंककारी हमलाको उच्च जोखिममा देखिएको छ

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख नाघ्यो

२०७७ कार्तिक १६, आईतवार ०२:५०
Spread the loveविश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख १ सय ९३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ७५ हजार हाराहारी […]