विप्लव समूहकी ललितपुर सेक्रेटरी पक्राउ

Spread the love

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी ललितपुर सेक्रेटरी सावित्रा अधिकारी ‘बिदुषी’ लाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीलाई शनिबार ललितपुरको पाटनबाट प्रहरीले पक्राउ गरेको हो । विप्लव समूह ललितपुरका डिसीएम सानुराजा बज्राचार्य (श्याम) लाई विस्फोटक पदार्थसहित ललितपुर प्रहरीले पक्राउ गरेपछि सेक्रेटरी अधिकारीले विज्ञप्ति जारी गर्दै ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्क्याएकी थिइन् ।

एएसपी राईविरुद्ध वक्तव्य जारी गरेको र विस्फोटक पदार्थ बनाउने कार्यमा संलग्न रहेको आरोपमा सेक्रेटरी अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत जेठमा लतिलपुर प्रहरीले तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित श्यामको कोठाबाट ग्रिनेड, बिस्फोटक पदार्थ तथा बम बनाउने सामग्रीहरु बरामद गरेको थियो ।

श्यामले आफ्नो कोठामा विस्फोटक पदार्थ बनाउने कारखाना सञ्चालन गरेका थिए । सेक्रेटरी अधिकारीविरुद्ध ललितपुर परिसरमा विस्फोटक पदार्थ सम्बन्धी मुद्दा विचाराधिन अवस्थामा रहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी राईले बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप ६ जना कोरोना संक्रमितको मृत्यु

२०७७ कार्तिक १६, आईतवार ०४:५०
Spread the loveझापा । कोरोना भाइरसको सङ्क्रमणबाट आइतबार बिहान झापामा थप तीन जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक/एकजना पुरुष रहेका छन् । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय वस्ती थरका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आइतबार […]