• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

ByHT

Nov 2, 2020
Spread the love

काठमाडौं । चितवन र धादिङमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० का ७९ वर्षीय पुरुषमा कात्तिक १३ गते कोरोना पुष्टि भएकोमा भरतपुर अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, धादिङ्गको निलकण्ठ नगरपालिका ३ का ६१ वर्षीय महिलाको पनि भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । कात्तिक ५ गते कोरोना पुष्टि भई स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरेकोमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *