• Fri. Nov 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

प्रधानसेनापतिबाट रथी हमाललाई दज्र्यानी चिह्न प्रदान

ByHT

Nov 2, 2020
Spread the love

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै पदोन्नति भएका ईश्वर हमाललाई रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
सैनिक मुख्यालय जङगी अड्डामा सोमबार आयोजित समारोहमा प्रधानसेनापति थापाले उनलाई रथीको दज्र्यानी चिह्न प्रदान गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मन्त्रिपरिषदको गत असार ६ गतेको बैठकले उपरथी हमाललाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
सयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ मिशनमा रथी हमालले फोर्स कमाण्डरको जिम्मेवारी सम्हालीरहेका छन् । नेपाली सेनामा हाल दुई रथीको दरबन्दी रहेको छ । रथी हमाल सैनिक संगठनमा बौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *