विश्वमा तीन करोड ३७ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

Spread the love

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ३७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । कोरोना भाइरस संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ६५ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म ३ करोड ३७ लाख ४९ हजार ३ सय ७४ जना संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ३६ हजार भन्दाबढीमा संक्रमण भएको छ भने ५ हजार भन्दाबढीको मृत्यु भएको छ । यससंगै, कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख ५ हजार १९४ पुगेको छ भने कोरोना संक्रमितको कुल संख्या ४ करोड ६८ लाख ९ हजार २५२ पुगेको छ ।

संक्रमितमध्ये १ करोड १८ लाख ५४ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ८५ हजार २ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

संक्रमणको दोस्रो लहर फैलदै गएपछि युरोपमा पुनः संक्रमित र मृतक संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा युरोपेली मुलुकमा मात्र कोरोनाका कारण १ हजार ९४६ को मृत्यु भएको छ भने २ लाख २४ हजार १२२ जनामा संक्रमण भएको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ९४ लाख ७३ हजार ९ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई दाख ३६ हजार बढीको मृत्यु भएको छ भने ६१ लाख ३ हजार ६ सय भन्दा बढी निको भएका छन् ।

त्यसैगरी, छिमेकी मुलुक भातरमा हालसम्म ८२ लाख २९ हजार ३ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २२ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ७५ लाख ४२ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५५ लाख ४५ हजार नाघेको छ भने १ लाख ६० हजार १०४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४९ लाख ८० हजार भन्दा बढी निको भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समुद्री आँधीका कारण फिलिपिन्सका एक करोड ९० लाख मानिस प्रभावित

२०७७ कार्तिक १७, सोमबार ०२:२४
Spread the loveफिलिपिन्समा आएको विध्वंसात्मक आँधीका कारण कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्थानीय समय अनुसार आइतवार बिहान ४ः५० बजेतिर प्रतिघण्टा २२५ किलोमिटर वेगसहित क्याटानडुएस टापुमा आँधी आएको थियो । हुन त त्यसयता समुद्री आँधी कमजोर हुँदै गएको छ । तर लुजोन टापुमा त्यसले अझै क्षति निम्त्याइरहेको […]