स्थानीय तहका रिक्त पदाधिकारीको तीन दिनभित्र नाम पठाउन मन्त्रालयको निर्देशन

Spread the love

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति (जिसस)लाई निर्देशन दिएको छ । मन्त्रालयले सबैलाई सोमबार पत्र लेख्दै तीन दिनभित्र जिससलाई रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि भदौ २३ गते पत्र लेख्दै मन्त्रालयले विविध कारणले रिक्त पदाधिकारीको विवरण माग गरेको थियो । तर उक्त समयमा पनि पदाधिकारीको विवरण नपठाएपछि पुनःतीन दिनभित्र पठाउन मन्त्रालयले ताकेकता गर्दै पत्र पठाएको हो । मन्त्रालयले रिक्त रहेको पद, रिक्त भएको मिति र रिक्त हुनाका कारण उल्लेख गरेर विवरण पठाउन भनेको छ ।

यसअघि सरकारले रिक्त पदाधिकारीको विवरण सङ्कलन गरेर निर्वाचन गरेको थियो । गत मङ्सिरमा निर्वाचन आयोगले विभिन्न कारणले रिक्त भएका स्थानीय तहका पदाधिकारीको उपनिर्वाचन गरेको थियो । धरान उपमहानगरपालिकाका प्रमुखसहित तीन गाउँपालिकाको अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षका लागि उक्त उपनिर्वाचन भएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप २९३३ जनामा कोरोना संक्रमण, ३१५० जना डिस्चार्ज

२०७७ कार्तिक १७, सोमबार ११:१९
Spread the loveकाठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २९३३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा थप १६३० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३४४६ […]