हिंसात्मक झडपमा परी अफगानिस्तानमा १७५ जनाको मृत्यु

Spread the love

अफगानिस्तानमा भएको हिंसात्मक झडपमा परी कम्तीमा १७५ विद्रोहीहरुको मृत्यु भएको छ । देशको कान्दहार प्रान्तमा भएको झडपमा परी मृत्यु भएकामध्ये केही तालिवान विद्रोहीका कमाण्डर समेत रहेको जनाइएको छ ।

घटनाका बारेमा थप विवरण संकलन हुदै गरेको पनि अफगानी राष्ट्रिय सुरक्षा निर्देशनालय श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार १७५ जनाको मृत्यु भएको हो भने अरु २६ जना घाइते भएका छन् ।

झडप झण्डै रातभरी भएको बताइएको छ । कान्दहार प्रान्त पछिल्लो समयमा हिंसात्मक घटनाहरुबाट धेरै प्रभावित हँुदै गएको छ । यस क्षेत्रमा सरकारी सुरक्षाकर्मी र विद्रोही तालिवान लडाकूबीचमा झडप हुने गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमितको निःशुल्क उपचार गराउने सर्वोच्चको परमादेशमाथि सरकारको पुनरावलोकन निवेदन

२०७७ कार्तिक १७, सोमबार १६:५२
Spread the loveकाठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमित नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन दिएको परमादेशमाथि पुनरावलोकन परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत सोमबार उक्त पुनरावलोकन निवेदनमा दर्ता भएको हो । यही असोज १५ गते सर्वोच्च अदालतबाट निःशुल्क कोरोना परीक्षण र उपचारको व्यवस्था मिलाउनु भन्ने विषयमा पुनरावलोकन निवेदन […]