कान्ति बाल अस्पताललाई पिसिआर मेसिन प्रदान

Spread the love

काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई कोरोना परीक्षणका लागि पिसिआर मेसिन प्रदान गरेको छ । सोमबार महानगरले अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई मेसिन हस्तान्तरण गरेको हो ।

चीनको नानजिङ सहरले दिएको उक्त मेसिन अस्पताललाई हस्तान्तरण गरिएको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि बिभिन्न संस्था र राष्ट्रबाट प्राप्त मेसिन सरकारी अस्पतालहरुलाई प्रदान गर्ने महानगरको योजना अनुसार नै उक्त मेसिन बाल अस्पताललाई प्रदान गरिएको उनले बताए ।

शाक्यले छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह पनि गरेका छन् । मेसिन हस्तान्तरण कार्यक्रममा अस्पतालका निर्देशक डा. पौडेलले पिसिआर मेसिन अहिलेको अवस्थामा निकै महत्वपूर्ण रहेको भन्दै बिभिन्न रोगको अध्ययनमा पनि पिसिआर मेसिन प्रयोगमा ल्याइने बताए ।

उनले छिटै अस्पतालमा अक्सिजन प्लान्टको सुरुवात गर्ने जानकारी दिए । उनले कान्ति अस्पतालममा हालसम्म ३२ जना बालबालिकालाई कोरोना पोजेटिभ देखिएको र दुई जनाको ज्यान गएको जानकारी दिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको उम्मेदवारी घोषणा

२०७७ कार्तिक १७, सोमबार ०९:२५
Spread the loveकाठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । आफू २८ वर्ष यता उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफू पुजारी बनेर पूजा गर्नका लागि पनि उम्मेदवारी घोषणा गरेको बताए । सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा […]