काठमाडौंबाट एक करोड रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ

Spread the love

काठमाडौँ । प्रहरीले हुण्डी कारोबारमा संलग्न तीन जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंको ओमबहालबाट झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेललाई सोमबार राति पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले श्रोत नखुलेको एक करोड रुपैयाँ बरामद गरेको छ । बरामद गरिएको हुण्डीको रकम विदेश पठाउन लागिएको प्रहरीको आशंका छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कास्कीमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

२०७७ कार्तिक १८, मंगलवार ०४:१२
Spread the loveकाठमाडौं । कोरोना संक्रमणबाट कास्कीमा थप एक महिलाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर पाँचकी ५९ वर्षीया महिलाको उपचारका क्रममा सोमबार राति ११ मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले जनाएको छ ।

समाचार छुट्याे की?