तुम शेर तो हम सवा शेर झैं व्यक्तिगत झगडा तथा गालीगलौज नगरौंः नारायणकाजी श्रेष्ठ

Spread the love
काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकै बाट आएको भएपनि त्यो सही नभएको बताएका छन् । मंगलबार सामाजिक संजाल फेसबुकमार्फत प्रवक्ता श्रेष्ठले पार्टीलाई अकर्मण्य बनाई बिघटन एवं बिसर्जनको दिशामा जान र भ्रष्ट पूँजीवादी पार्टी बन्न दिन नहुने बताएका हुन् । उनले भनेका छन्, ‘त्यसमा अन्तरनिहीत एउटा पक्ष अर्थात् व्यक्तिगत कटुता सहितको व्यक्तिगत बिषय नबनाऔं भन्ने कुरा सही छ र त्यसलाई पार्टी विभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गरौं । पार्टी भित्रको छलफल, बहस र अन्तरसंघर्षलाई व्यक्तिगत गालीगलौज र आरोप प्रत्यारोपको रुप नदिऔं । राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार,नीति र प्रवृत्तिमा आधारित भई स्वस्थ एवं रुपान्तरणमुखी छलफल गरौं । तैं चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झैं व्यक्तिगत झगडा तथा गालीगलौज पनि नगरौं ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खुलामञ्चमा खाना खुवाउने काममा रोक नलगाउन सरकारलाई साझा पार्टीको आग्रह

२०७७ कार्तिक १८, मंगलवार ०७:१५
Spread the loveकाठमाडौं । साझा पार्टीले केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको भत्र्सना गरेको छ । पार्टी प्रवक्ता शरदराज पाठकले मंगलबार विज्ञप्ति जारी गरी कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नुपर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना […]