पार्टी एकता कायम राख्न भूमिका खेल्न उपाध्यक्ष गौतमलाई राष्ट्रपतिको आग्रह

Spread the love

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई पार्टीभित्र देखिएको विवाद समाधानका लागि भूमिका खेल्न आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार शीतलनिवास बोलाएर उपाध्यक्ष गौतमलाई पार्टीभित्रको विवाद समाधानका लागि भूमिका खेल्न आग्रह गरेकी हुन् । भेटमा उपाध्यक्ष गौतमले पार्टीभित्रको पछिल्लो अवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीकाअनुसार राष्ट्रपतिले विगतमा पनि नेकपामा विवाद हुँदा भूमिका खेलेको भन्दै यसपटक पनि उस्तै भूमिका निभाउन गौतमलाई आग्रह गरेकी छन् ।

जवाफमा गौतमले नेकपाको एकताका लागि आफ्नोतर्फबाट भूमिका खेल्ने बचन दिएका सुवेदीले बताए । गौतमले राष्ट्रपतिलाई ‘पार्टी एकतासहित विधि र पद्धती स्थापित गर्ने कुरामा गम्भिरताका साथ लागेको बताएका थिए ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मतभेद बढेपछि महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै त्यसलाई जोगाउन सकारात्मक भूमिका खेल्न आग्रह गरेका थिए । आइतबार दाहालले सचिवालयका सदस्यहरुलाई प्रधानमन्त्री ओलीले पार्टी विभाजनको प्रस्ताव गरेको बताएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना बीमा दाबी गरेका बिमितलाई अब एक हप्ताभित्र भुक्तानी

२०७७ कार्तिक १८, मंगलवार १४:३३
Spread the loveकाठमाडौं । बीमा समितिबाट जारी गरिएको बीमालेखअनुसार कोरोना बीमा दाबी गरेका बिमितहरुको पिसिआर परीक्षण प्रतिवेदन ‘पोजिटिभ’ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने भएका छन् । अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा मंगलबार भएको बैठकले बीमा […]

समाचार छुट्याे की?