विश्वमा एकैदिन ५ लाख भन्दाबढीमा कोरोना संक्रमण

Spread the love

विश्वमा कोरोना भाइरस सङ्क्रमितमध्ये संक्रमणमुक्त हुनेको संख्या ३ करोड ४० लाख नाघेको छ । संक्रमितमध्ये विश्वभर एकैदिन २ लाख ८३ हजारभन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ करोड ४० लाख ३२ हजार ५ सय २० पुगेको हो ।

पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख भन्दाबढीमा संक्रमण भएको छ भने ६ हजार भन्दाबढीको मृत्यु भएको छ । यससँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख ११ हजार २३६ पुगेको छ भने कोरोना संक्रमितको कुल संख्या ४ करोड ७३ लाख १७ हजार ४२० पुगेको छ ।

संक्रमितमध्ये १ करोड २० लाख ७३ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ८६ हजार ५ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ९५ लाख ६७ हजार ५ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई लाख ३६ हजार ९ सय बढीको मृत्यु भएको छ भने ६१ लाख ७१ हजार ४ सय भन्दा बढी निको भएका छन् ।

त्यसैगरी, छिमेकी मुलुक भातरमा हालसम्म ८२ लाख ६६ हजार ९ सय भन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २३ हजार १ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ७६ लाख १ हजार बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरस सङ्क्रमित हुनेको संख्या ५५ लाख ५४ हजार नाघेको छ भने १ लाख ६० हजार २७२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४९ लाख ८० हजार ९ सय भन्दा बढी निको भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फेसबुकमा लेख्ने थुप्रैको चिन्ता गोरु मरेपछि रगत चुस्न पाइन्न भन्ने किर्नाको चिन्ता जस्तै हो

२०७७ कार्तिक १८, मंगलवार ०२:४२
Spread the loveडा. युवराज संग्रौला । लक्ष्य नै नभए पछि, बाटा जताततै हिँडे हुन्छ । दुनियाँ पार्टी फुटेन चिन्ताका कुरा गर्छन् तर १. संविधानमा समाजवाद उन्मुख हुने कुरा नेपालका पार्टीले छोडेकोमा कसैलाई चिन्ता छैन । २. बिचारधारा र सिद्धान्तलाई तिलान्जली दिएप्रति कसैलाइ चिन्ता छैन । साइनबोर्डले पार्टीको पहिचान हुने हो […]