सार्वजनिक यातायातलाई प्रोत्साहन गर्नुपर्छः गृहमन्त्री

Spread the love

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले यातायातका पूर्वाधारको विकास व्यवस्थित गर्नुपर्र्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । मंगलबार गृह मन्त्रालयमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले तयार गरेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी एकीकृत कार्ययोजना बुझ्दै गृहमन्त्री थापाले सडकको बिस्तार नगरेसम्म यातायातको समस्या समाधान नहुने बताए ।

नेपालमा यातायातका साधान बृद्धि हुँदै गएपनि सडक बिस्तार हुन नसक्नुले नै ट्राफिक जाम र सडक दुर्घटना हुने गरेको उनको भनाई छ ।
उनले धेरै संख्यामा मोटरसाइकल लगायत निजी सवारी साधन सञ्चालन हुने गरेकाले सार्वजनिक यातायातलाइ प्रोत्साहन गर्ने नीति आवश्यक रहेको धारणा राखे ।

गृहमन्त्री थापाले सडक दुर्घटनालाई न्युनिकरण गर्न कडा कानून बनाउनुपर्ने पनि बताए । उनले काठमाडौंमा हुने सडक जामले विकासकै काममा समेत अवरोध पुगेको बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यातायात व्यवस्थापनमा ट्राफिक प्रहरीको जिम्मेवारी बढाउनुपर्ने बताए । त्यस्तै उनले अन्य देशको तुलनामा नेपालमा सडक जरिवाना न्युन भएकाले नै उल्लंघनका घटना बढिरहेको भन्दै जरिवानालाई बढाउनुपर्ने बताए ।

प्रहरी महानिरिक्षक क्षेत्रीले सवारी चालक अनुमतिपत्र वितरणमा समेत कडाई गर्नुपर्ने बताए । त्यस्त ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले उपत्यकामा हुने सवारी चाप र दुर्घटनालाई न्युनिकरण गर्न काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी एकीकृत कार्ययोजना २०७७ तयार गरिएको जानकारी दिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप ३११४ जनामा कोरोना संक्रमण, ३१४२ जना डिस्चार्ज

२०७७ कार्तिक १८, मंगलवार १०:१८
Spread the loveकाठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । त्यस्तै कोरोनाका […]