कुनैपनि परिस्थितिमा राजीनामा दिन्नः प्रधानमन्त्री

Spread the love

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनैपनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् । प्रधानमन्त्रीले देशका लागि भएपनि राजीनामा नदिने स्पष्ट पारे ।

उनले आफ्नो राजीनामाले देश बर्बादीतिर जाने भन्दै त्यसको कल्पनासमेत नगरेको बताए । उनले भने, ‘मेरो लागि होइन देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन ।’

प्रधानमन्त्रीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताएका छन् । कुनैपनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ की भन्ने दुविधामा नपर्न समेत प्रधानमन्त्रीले आग्रह गरे ।

उनले भने, ‘म यस ठाउँमा आएको मेरा रहरले होइन जनताको आवश्यकता र समर्थनले हो । यहाँ पुर्याएको म जालझेल तिकडमबाट होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईँहरु ढुक्क भएर काममा लाग्नुस् । यो सरकार फेरिन्छ की बदलिन्छ की धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरु गरे । भित्र, बाहिर अनेक थरिका कोसिसहरु आए । जे मा पनि आलोचना गर्ने, जे मा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृतिहरु छन त्यसबाट प्रभावित नहौं ।’ प्रधानमन्त्री ओलीले एकथरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागि रहेको समेत बताए ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप ३३०९ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

२०७७ कार्तिक १९, बुधबार ०९:०४
Spread the loveकाठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३०९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । बुधबार काठमाडौमा १५७० , भक्तपुरमा […]

समाचार छुट्याे की?