थप ३३०९ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३०९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । बुधबार काठमाडौमा १५७० , भक्तपुरमा ११९ र ललितपुरमा १८९ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै कोरोनाका कारण थप ३० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १०३४ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार ३८४४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म १ लाख ४४ हजार ९७८ जना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल आइसोलेशनमा ३६ हजार ९११, क्वारेन्टाइनमा १३०५ जना रहेका छन् । हालसम्म १४ लाख ९४ हजार १२२ वटा पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यार्थीले त्रिविको परीक्षा पायकपर्ने ठाउँबाट दिन पाउने

२०७७ कार्तिक १९, बुधबार ११:०२
Spread the loveकाठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायकपर्ने परीक्षा केन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ […]