भारतीय स्थल सेनाध्यक्ष नरवणेद्वारा जिवितदेवी कुमारीको दर्शन

Spread the love

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले जिवितदेवी कुमारीको दर्शन गरेका छन् । बुधबार अपरान्ह काठमाडौंको बसन्तपुर पुगि उनले जिवितदेवी कुमारीको दर्शन गरेका हुन् ।

इण्डियन एयर फोर्सको विमानबाट बुधबार दिउँसो नेपाल आएका नरवणे कुमारीको दर्शनका लागि श्रीमती विना नरवणेसहित वसन्तपुर पुगेका थिए । त्यसक्रममा उनले वसन्तपुर स्क्वायरको अवलोकन गरेका थिए ।

नरवणेलाई भोलि राष्ट्रपति भवनमा विशेष कार्यक्रम गरी राष्ट्रपति विद्या भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालीगण्डकी करिडोरको पहिरोमा पुरिएर पाँच कामदारको मृत्यु

२०७७ कार्तिक १९, बुधबार १३:१०
Spread the loveकावासोती । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार बुधबार साँझ पहिरोमा पुरिएका थिए । सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेका अवस्थामा माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका […]